काठमाडौं,२८ फाल्गुन । नेकपा एमालेले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम सिफारिस गरेको छ।
तिमिल्सिना एमाले प्रदेश नम्बर ४ का सहसंयोजक हुन्। उनी प्रदेश ४ बाट राष्ट्रियसभामा एमालेबाट निर्वाचित भएका थिए।
वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो ।
