शुक्रबार, बैशाख ०७, २०८१

राष्ट्रिय सभा अध्यक्षका लागि मनोनयन दर्ता हुँदैं

काठमाडौं,२८ फाल्गुन । राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुने भएको छ। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ।

दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । अध्यक्ष पदको निर्वाचन भने बुधबार हुनेछ ।

एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ । सभामुख पद लिएको माओवादीले राष्ट्रियसभा अध्यक्षमा भने एमालेलाई सघाउने छ । सभामुखमा माओवादीका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने भोट हाल्न नपाउने भएका छन्। उनीहरुको शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेकाले थपघट गर्न नमिल्ने निर्वाचन आयोगको भनाइ छ ।

राष्ट्रिय सभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २-२ जना सांसद छन् ।