काठमाडौं,२६ फाल्गुन । पेन्टागन इन्टरनेशनल कलेजले विश्व सामाजिक कार्य दिवस मनाउने भएको छ । युवाहरुलाई लागुपदार्थ दुर्वेशन हुनबाट रोक्ने पिछडीएको समुदायलाई सचेत गराउने र वातावरण स्वस्थ राख्ने उद्देश्यका साथ चैत ४, ५ र ६ गते कलेजले विश्व सामाजिक कार्य दिवस मनाउने भएको हो ।
पेन्टागन इन्टरनेशनल कलेजले विश्व सामाजिक कार्य दिवसको अवसरमा वातावरणमा फोहोर गर्न हुँदैन भन्ने सन्देश दिने र सामाजिक कार्यमा विद्यार्थीलाई संलग्न हुन प्रोत्साहन गर्न यो दिवस मनाउन लागेको पेन्टागन कलेजका निर्देशक अर्जुन अधिकारीले बताउनु भयो ।
कलेजका निर्देशक अधिकारीका अनुसार चैत ४ गते २ हजार भन्दा बढी विद्यार्थीले विश्वसामजिक कार्यदिवसको टिसट लगाएर विभिन्न सचेतनाको नाटक देखाउँदै तिनकुने देखि माईतिघर मण्डलासम्म र्याली लाने बताका छन् । त्यस्तै चैत ५ गते क्याम्पस भित्र ४०, ५० ओटा संस्थाहरुको सचेतना सम्बन्धी इस्टल रहने बताएका छन् र चैत ६ गते त्रिविभित्रै विश्व सामाजिक कार्य दिवसमा आफ्नो कलेजबाट सहभागी हुने र अरु सबै क्याम्पसहरुलाई पनि सहभागी हुन अनुरोध गर्न बताए ।
