काठमाडौं,२५,फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँने दावी गरेका छन । वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नु रहेको भन्दै प्रधानमन्त्री ओलीले भने,‘म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाएर छाड्छु ।
शुक्रबार वीर अस्पताल सर्जिकल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु भएको उल्लेख गरे ।
समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नैपर्छ, सीमाभित्र काम सम्पन्न नगर्नेमाथि कारबाही हुन्छ, अनुगमनमाथि अनुगमन हुन्छ’ प्रधामन्त्री ओलीले भने । सरकारी अस्पतालले भन्दा निजी अस्पतालले दिने सेवा राम्रो हुन्छ भन्ने आम जनमानसमा रहेको कुरामा नाक ठोकिएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा गम्भीर भएर सेवा दिन चिकित्सकलाई आग्रह समेत गरे । उनले भने, ‘देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने, एउटा खुट्टा बिरामी छ अर्कोको उपचार गर्ने, यो तहको चिकित्सा सेवाले कहाँ पुर्याउँछ रु यस प्रकारको हेलचक्रायाईं दोहोरिन भएन, चिकित्सक र सिंगो चिकित्सा क्षेत्र गम्भीर बन्नुपर्यो ।
प्रधानमन्त्री ओलीले आफूले प्राविधिक शिक्षाको विकास र विस्तारमा पहिलो प्राथमिकता दिने जानकारी दिँदै आम जनताको स्वास्थ्यस्थितिमा सुधार ल्याउन गुणात्मक फड्को मारिने उल्लेख गरे । नौ तलाको अत्याधुनिक सो भवनभित्र १५ वटा चिकित्सा विज्ञानका अत्याधुनिक अपरेश थिएटर रहने छन् । यसैगरी पोष्ट अपरेटिभ, ४० श्ययाको सर्जिकल अति सघन कक्ष र पुस्तकालय रहने छन् । साथै ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवा मैत्री भवन बन्नेछ । नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
विसं १९४७ मा १५ श्ययाबाट सेवा दिन शुरु गरेको वीर अस्पतालले आफ्नो क्षमता एक हजार ५०० श्यायामा विस्तार गर्दै छ । कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति गणेशमान गुरुङले ४५० श्ययाको वीर अस्पतालको क्षमता विस्तार भई एक हजार ५०० शैया पु¥याउन लागेको जानकारी दिए । यसका लागि न्याम्सले गुरुयोजना समेत कार्यान्वयनमा ल्याएको छ ।
योजनाका अनुसार छिट्टै ६५० श्ययाको मेडिकल भवन निर्माण कार्य शुरु हुने तथा एक सय श्ययाको विशिष्ट प्रकारको विशेषज्ञ मेडिकल भवन जापान सरकारको आर्थिक सहयोगमा शुरु भइसकेको छ ।
