आइतबार, बैशाख २०, २०८३

प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध

काठमाडौं,२५,फाल्गुन । प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । औपचारिक घोषणा भने भोलि हुनेछ ।

महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताए ।

महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।

एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेको थियो तर माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।