आइतबार, बैशाख २०, २०८३

अब नेपालमा आर्थिक सम्बृद्धिको युग शुरु : प्रधानमन्त्री ओली

काठमाडौ,२४ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ५ वर्ष नेपालको लागि असाधारण हुने बताएका छन् । अब आर्थिक सम्बृद्धिको युग शुरु भएको भन्दै ओलीले आउँदो ५ वर्ष विकासका सन्दर्भमा असाधारण हुने बताएका हुन् ।

बिहीबार उद्योग वाणिज्य महासंघद्वारा आयोजित एक कार्यक्रमा ओलीले भने, ‘आउँदो आधा दशक नेपालमा विकास,सफलता,परिवर्तन र उपलव्धीको समय हुनेछ र असाधारण काम हुनेछन् ।

आफूले नेतृत्व गरिरहेको वाम गठबन्धनको सरकारलाई असफल हुने छुट नरहेको भन्दै आएका ओलीले अब सरकारले गर्ने काम असाधारण हुने बताए ।

ओलीले भ्रष्टाचार, ढिलासुस्ति र बहानाबाजीहरुलाई कुनै हालतमा छुट नदिईने बताए । उनले भने, ‘सरकार अब सम्पूर्ण रुपमा उत्पादन बृद्धि, रोजगारी सिर्जना र देश बनाउने अभियानमा सामेल हुनेछ ।