काठमाडौ,२४ फाल्गुन । कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले न्यायालयलाई समेत धम्क्याएर राज्यसंयन्त्रमाथि राजनैतिक नियन्त्रण जमाउन उद्त रहेको बताएका छन् ।
बिहीबार १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघले केन्द्रीय पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वामगठबन्धनको सरकारले आफ्नो अनुकुलतामा राज्यका संबैधानिक अंगमाथि हस्तक्षेप गर्दै नियन्त्रण जमाउन खोजेको आरोप लगाएका हुन् ।
आफ्नो अनुकुलतामा राज्य संयन्त्रलाई प्रयोग गर्नका लागि सरकारले न्यायालयलाई समेत धम्क्याउन थालेको सभापति देउवाले जिकिर गरे ।
उनले सरकारका हस्तक्षेपकारी क्रियाकलापको सशक्त प्रतिकार गर्न संगठनलाई सुदृढ, मजबुत र बलियो बनाउन पनि महिला संघलाई निर्देशन दिएका छन् ।
