बिहिबार, असार ०४, २०८३

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस,विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौ,२४ फाल्गुन । मार्च ८ अर्थात आज १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छन् ।
महिला दिवसको अवसरमा आज सरकाले सार्वजनिक बिदासमेत दिएको छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् । नारी अधिकार र समृद्धको लागि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको विद्यादेवी भण्डारीद्धारा शुभकामना सन्देश दिएका छन् ।