आइतबार, बैशाख २०, २०८३

मुख्यमन्त्री पोखरेलले फागुन २७ गते विश्वासको मत लिने

बुटवल,२२ फाल्गुन । वाम गठवन्धनका तर्फबाट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले फागुन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिने भएका हुन। संविधानको धारा १६८ (४० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ । पोखरेल फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विश्वासको मत लिनेसहित चारवटा निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश ५ मा एमाले र माओवादी केन्द्रको गठवन्धनको स्पष्ट वहुमत छ । प्रदेशसभामा एमालेका ४१, माओवादी केन्द्रका २०,नेपाली कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनता पार्टीका १, राष्ट्रिय जनमोर्चाको १ गरी कूल ८७ सदस्य रहेका छन् । फागुन २७ गते प्रदेशसभा वैठक बस्दैछ । मन्त्रिपरिषद वैठकले स्थानीय तहका पदाधिकारीको सुविधा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

स्थानीय तहका पदाधिकारीका लागि मासिक तलब र सदस्यहरुका लागि भत्ताको व्यवस्था गरिएको छ । तर, के कति व्यवस्था गरिएको छ भन्ने उनले खुलाउन चाहेनन् । ‘२७ गते वस्ने प्रदेश सभा बैठकमा थाहा हुन्छ, अहिल्यै सार्वजनिक नगरौं’ प्रवक्ता चौधरीले भने ।

मन्त्रिपरिषद वैठकले स्थानीय तहका पदाधिकारीको सुविधा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।
जनप्रतिनिधिहरुको तलव भत्ता न्यूनतम २० हजार रुपैयाादेखि अधिकतम ४१ हजार रुपैयाासम्म तोकिएको छ । तर, मुख्यमन्त्री शंकर पोखरेलले निर्णय सार्वजनिक नगर्न मन्त्री तथा कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।