काठमाडौ,२१ फाल्गुन । रामेछाप- २ वाट निर्वाचित सांसद तथा प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश ३ को राधानीको विषयमा विवेकपूर्ण निर्णय गरिने बताएका छन् ।
प्रेस चौतारी नेपाल रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ढुँगेलले प्रदेशको स्थायी राजधानी तोक्दा प्रदेश सभाले त्यसको विवेकपूर्ण निर्णय गर्ने बताएका हुन ।
‘तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले अस्थायी राजधानी तोक्दा विवेकपूर्ण निर्णय गरेनन् । त्यसैले राजधानीको विषयमा धेरै विवाद आएको छ । संविधानतः राजधानी तोक्ने जिम्मा प्रदेशसभाको भएकोले प्रदेश सभाले विवेकपूर्ण निर्णय लिन्छ ।’ उनले भने,’ राजधानी तोक्न दुई तिहाई बहुमत हामीसँग छ । त्यसैले विवेकपूर्ण निर्णय हुन्छ ।
पत्रकार सम्मेलनमा बोल्दै ढुँगेलले युवाले माटो नछोएसम्म देशको समृद्धि नहुने बताए । उनले भने, ‘अब अरब र कतार दौडिएर देशको समृद्धि हुँदैन । युवाले देशमा नै बसेर देशको माटोमा आधारित पेशा गर्नु पर्छ । सो कार्य गर्न सरकारले सबै किसिमका सहयोग गर्छ ।’ उनले भने
अबको सरकारको पहिलो प्राथमिकता आर्थिक सुशासन र समृद्धि भएको उनले बताए । उनले स्रोतसाधनको व्यवस्थापन हुन नसक्दा देशको प्रगति हुन नसकेकोले अब कुनै पनि खालका ढिलासुस्ति र सुशासन विरुद्धका काम सहृय नहुने बताए ।
