शुक्रबार, बैशाख ०७, २०८१

सुन तस्करीमा घोटाला भएपछि भरियाको ज्यान गयो

काठमाडौं,२० फाल्गुन । सुन तस्करीमा घोटाला भएपछि भरियाको ज्यान लिएको छ । संलग्न गाडीको डिकीमा मृत अवस्थामा भेटिएका सनम शाक्य सुन तस्करीमा संलग्न भरिया भएको खुलेको हो ।

अपराध महाशाखा र मोरङ प्रहरीको टोलीले विराटनगर ३ पोखरिया कन्यामार्गमा चेकजाँच गर्दा बा १२ च ५९६३ नम्बरको स्कर्पिओ गाडीको डिकीमा म्याट्रेस, त्रिपालले बेरेको अवस्थामा उनको शव भेटिएको छ ।

प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा समन सुन तस्करीमा संलग्न भरिया भएको खुलेको छ । मोरङ, उर्लाबारी–७ का ३३ वर्षीय शाक्य सोमबार अपहरणमा परेका थिए । शाक्यले केही साता अघि तस्करीको साढे ३३ केजी सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएका रहेछन् । त्यसका लागि उनले निश्चित रकम पाउने भनिएको थियो ।तर, सुन सम्बन्धित व्यक्तिसम्म पुगेन । सुन हराएपछि मालिकहरुबीच हल्लिखल्ली मच्चियो । एकाएक सुन गायब भएपछि उनीहरुको पहिलो निशानामा परे सनम । जसले तस्करीको सुन गलत व्यक्तिको हातमा थमाए ।

सुरुआत्मा उनले त्यस बारेमा अनविज्ञता प्रकट गरे । उनले आफूले भनेकै ठाउँमा सुन पुर्याएको दाबी गरे । यद्यपि, सम्बन्धित व्यक्तिको हातमा त्यो पुगेको थिएन ।

सुन मालिकले भरियाको सुराकी गर्न र जानकारी फुत्काउन काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, उर्लाबारीकै ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र ३७ वर्षीय मोहन काफ्लेलाई खटाए । यद्यपि, उनीहरुले उपलब्धीमूलक सूचना ल्याउन सकेनन् । अन्ततः १५ फागुनमा सनम उनीहरुको अपहरणमा परे । उनलाई सिराहाको दक्षिण भेगको एक गोप्य स्थानमा लगे र यातना दिन थाले । तीन दिनसम्म निर्घात कुटपिट गरे तर सुनबारे केही बताएनन् । चौथो दिन उनलाई तर्साउन करेन्ट समेत लगाइयो । तर, अपशोच ! करेन्टका कारण सनमको ज्यान गुयो ।

 

सनमको हत्यापछि शवलाई लुकाउन पूर्वतर्फ लैैजाँदै गरेको प्रहरीले पत्तो लगायो । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहोनीका अनुसार राति करिब १२ बजेतिर अप्रेशन टोली इटहरी पुग्यो ।

त्यहाँ पुगेपछि बा १२ च ५९६३ नम्बरको स्र्कोपियो गाडीलाई शंकास्पद रुपमा केसी नेतृत्वको टोलीले नोटिश गर्यो । र, पछ्याउन थाल्यो ।
‘हामीले पछ्याउँदै गरेको उसलाई शंका लागेको हुन सक्छ’, अप्रेशनमा संलग्न टोलीका एक सदस्यले भने, ‘कहिले गाडी डेड लेनतिर हुइँकिरहेको थियो । कहिले नहरतिर लगिरहेको थियो । गाडी कुराइ एकदमै अनयूजल थियो ।

गाडी चालक काभ्रेका ३२ वर्षीय टेकराज मल्ल (पक्राउ गरेपछि नाम, थर खुलेका) ले गाडीलाई कहिले इटहरीतर्फ कहिले धरानतर्फ गरेर गाडी घुमाइरहेका थिए ।

घटनामा संलग्न थप दुई जनाको बारेमा सुराकी पायो । र, शनिबार दिउँसो बिराटनगरको पोखरियाको दुर्गा चोक नजिक पुगेपछि प्रहरीले स्कोर्पियोलाई छेक्यो । गाडीको खनतलासी गर्दा डिक्कीभित्र तौलिया, म्याट्रेस र त्रिपालले बेरेर लुकाएको अवस्थामा सनमको शव फेला प¥यो ।

गाडीका चालक टेकराजलाई प्रहरीले तत्काल नियन्त्रणमा लियो । लगत्तै, प्रहरीले इटहरीमा रहेका उर्लाबारीका करेन्द्र र मोहन पनि पक्राउ परे । जो सनमको हत्या गएका वेला ‘क्राइम सिन’ मै थिए ।

अहिले प्रहरीले थप अनुसन्धान थालेको छ ।