आइतबार, बैशाख २०, २०८३

सांसद् रेशम चौधरीलाई सपथ गराउन राष्ट्रिय जनता पार्टी माग

काठमाडौं,१७ फाल्गुन । कैलाली १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न राष्ट्रिय जनता पार्टी, नेपालले माग गरेको छ ।

कैलालीको टीकापुर घटनाको मुख्य योजनाकार मानिएका प्रतिनिधिसभाका सांसद चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै जिल्ला कारगार पठाइएको छ ।

हाल उनी कारागारमा छन् । पार्टीका नेता वृशेषचन्द्र लालले चौधरीलाई सपथ लिने र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संसद सचिवालयसँग माग गरेका छन् । आइतबार संघीय संसदमा निर्वाचित सदस्यहरुले सपथ लिँदैछन् ।राजपा नेपालले आफ्ना सांसद चौधरीलाई सुरक्षाको उचित प्रबन्ध गरी सपथ गराउने व्यवस्था गर्न माग गरेको हो ।