आइतबार, बैशाख २०, २०८३

प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउछु : गृहमन्त्री

काठमाडौं,१७ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको गृहमन्त्रीमा नियुक्त भएको तीन दिनपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुरक्षा अधिकारीहरुबाट सुरक्षा व्रिफिङ लिएका छन् ।

वुधवार  प्रहरी हेडक्वार्टर पुगेका बादललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट संगठनको अवस्था र शान्ति सुरक्षाको स्थितिको बारेमा ब्रिफिङ सुनाएका थिए । अर्यालले करिब दुई घण्टा आफ्ना कुरा राखेका थिए ।

लगत्तै गृहमन्त्रीले सात वटै प्रदेशका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरुसँग भिडियो कन्फरेन्समार्फत त्यहाँको सबै प्रदेशको स्थितिको बारेमा जानकारी लिएका छन् । एक अधिकारीले भने, ‘ब्रिफिङमा प्रदेशमा शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि, त्यसको नियन्त्रण तथा प्रहरीका अन्य गतिविधिहरुको बारेमा कुराकानी भएको हो । ७ वटै प्रदेशका एआईजीसँग भिडियो कन्फरेन्सपछि गृहमन्त्रीले प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) देखि माथिल्लो दर्जाका प्रहरी अधिकृतहरुलाई सम्बोधन पनि गरेका छन् ।

थापाले भ्रष्टचारमुक्त र सुशासनयुक्त प्रहरी आफ्नो प्राथमिकतामा रहेको बताए । गृहमन्त्री बादलले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनु पर्ने बताए । साथै प्रहरीलाई स्रोत, साधनयुक्त बनाउने आश्वसन समेत दिएका छन् ।