काठमाडौं,१४ फाल्गुन । केपी शर्मा ओली नेतृत्व सरकारले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएपछि संघीय समाजवादी फोरम उपेन्द्र यादव सरकारमा सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा वार्ता भएको छ । वार्तामा सरकारले ‘आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने’ प्रतिवद्धता जनाएको स्रोतले बताएको छ ।
पार्टीमा छलफल गर्ने भन्दै यादव बालुवाटारबाट बाहिरिएका छन् । स्रोतका अनुसार संविधान संशोधनबारे सहमति गरेर फोरम पनि सरकारमा सहभागी हुने सम्भावना छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फोरम अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा आए परराष्ट्रमन्त्री दिन सहमत छन् । फोरमलाई एक मन्त्री र एक राज्यमन्त्री दिने उनको प्रस्ताव छ । बालुवाटार निकट स्रोतले भन्यो, ‘संविधान संशोधनमा सहमति भएसँगै फोरम पनि सरकारमा आउने लगभग पक्का भएको छ । सहमति गर्न भ्याए आजै नभए भोलि सपथ हुनसक्छ ।
फोरमसँग सहमति गर्न नभ्याए आज एमाले र माओवादीका केही मन्त्रीले भने सपथ लिनेछन् । सरकारमा आए यादवलाई परराष्ट्र मन्त्रालय दिने ओली सरकारको तयारी छ ।
