बिहिबार, असार ०४, २०८३

सीरियाको विद्रोही प्रभाव क्षेत्रमा हवाई हमला जारी

एजेन्सी । युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै अमेरिकी नेतृत्वको गठबन्धनले विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला जारी राखेको छ ।  हमलामा सैयौ बालबालिका मारिएको छन् ।  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सीरियामा ३० दिनसम्म युद्धविराम गर्ने सहमति भएको थिए ।

यस हप्ताको शुरुआतमा सीरियाको राजधानी नजिकको गुटा क्षेत्रमा सीरियाका सेनाले बमबारी गरेका थिए । विद्रोहीले नियन्त्रणमा लिएको सो क्षेत्रमा आक्रमण गर्दा धेरै सर्वसाधारण मारिएका थिए । यस कारवाहीलाई रोक्ने उद्देश्यले सुरक्षा परिषदमा भोटिङ भएको थियो । यद्यपि युद्धविराममा सहमति जुटे पनि हवाई हमला जारी छ ।

यसअघि युद्धविरामको प्रस्तावमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा लामो बहस भयो । बिहीबार पेश भएको युद्ध विरामको प्रस्ताव रुसले अस्वीकार गरेको थियो । त्यसको चर्को आलोचना भएको थियो । रुसले सीरियाका सरकारलाई समर्थन गर्दै आएको छ ।

संयुक्त राष्ट्र संघमा अमेरिकी प्रतिनिधि निकी हेलीले भनेका छन् संघर्ष विरामको तत्काल प्रभावकारी कार्यान्वयन हुनुपर्छ । यद्यपि सीरियाले संघर्षविरामलाई लागू गर्न तयार हुनेमा शंका व्यक्त गरिएको छ । संयुक्त राष्ट्रसंघमा रुसका प्रतिनिधि विताली चुर्किनले संघर्षविरामको पालन तबसम्म सम्भव हुँदैन जबसम्म संघर्षरत दुवैपक्षले त्यसलाई स्वीकार गर्दैनन् ।

सीरियाको संघर्षलाई नजिकबाट हेर्दै आएको बि्रटेनस्थित अब्जरभेटरी फर ह्युमनराइट्सका अनुसार शनिबार अबेर राति सुरक्षा परिषदमा युद्धविरामको सहमति भएको केही मिनेटमै पूर्वी गुटामाहवाई हमला भएको थियो ।

अब्जरभेटरी फर ह्युमनराइट्सका अनुसार एक हप्ताको अवधिमा सीरियाको गुटा क्षेत्रमा पाँच सय जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पूर्वी गुटाका जनता नारकीय जीवन जिउन बाध्य भइरहेको बताउँदै आएका छन् ।

सिरियाको गुटा क्षेत्रमा मात्र कम्तीमा ७ सय सिरियाली नागरिक मारिएका छन् । मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।