Nepali date


सोमवार, माघ ६, २०७६

देश विकासका लागि एनआरएनएको महत्वपूर्ण भुमिका : प्रधानमन्त्री ओली

काठमाडौं,१३ फाल्गुन । गैह्रआवासीय नेपाली संघ (एनआरएनए)ले देशको ४१ औं प्रधानमन्त्रीमा चयन भएकोमा केपी शर्मा ओलीलाई बधाई दिएको छ । एनआरएनएका अध्यक्ष भवन भट्ट र सस्थापक अध्यक्ष उपेन्द्र महतोसहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई बधाई तथा आगामी कार्यकालका लागी अग्रिम शुभकामना व्यक्त गरेको छ ।

एनआरएनएको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले देशलाइ समृद्ध र नेपालीलाई सुखी बनाउने बाहेक आफ्नो अरु कुनै उद्धेश्य नरहेको स्पष्ट पार्नु भएको छ । ‘जनताको विश्वासलाई सार्थक बनाउने मेरो एक मात्र उद्धेश्य हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘देश विकासका लागि गैह्र आवासीय नेपालीको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । एनआरएनएका अध्यक्ष भट्टले पनि प्रधानमन्त्रीको योजनामा आफुहरुको शतप्रतिशत योगदान हुने बताउनु भयो । नेपाललाई समृद्ध बनाउन आफुहरु जस्तोसुकै काम गर्नपनि पछि नपर्ने जानकारी गराउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: