आइतबार, बैशाख २०, २०८३

यसरी सहमति भयो एमाले माओवादीमा मन्त्रालय भागवण्डा

काठमाडौं,११ फाल्गुन । एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो ।

एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ । माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ । माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ । माओवादीले भौतिक पूर्वाधार र पर्यटन मागेको थियो । तर, दुबै मन्त्रालय एमाले आफैंले राखेको छ ।

एमाले नेताहरुले भने यो बाँडफाँट प्रस्तावित भएकाले केही संशोधन हुन सक्ने संकेत गरेका छन् ।

महासचिव ईश्वर पोखरेलले अनलाइनखबरसँग भने, मन्त्रालय बाँडफाँटबारे दुई अध्यक्षबीच सामान्य छलफल भएको हो । औपचारिक रुपमा टुंगो लागेको छैन । कार्यदलको संयुक्त बैठक बस्नु पूर्व दुई अध्यक्षबीच छलफल भएको थियो । त्यहाँ प्रधानमन्त्री ओलीले गृह र परराष्ट्रमन्त्रीमा व्यक्ति पनि हेर्नु पर्ने बताएको एक नेताले जानकारी दिए ।

मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् ।

एमालेको भागमा परेका मन्त्रालयहरु
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्ययन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या

माओवादीको भागमा परेका मन्त्रालयहरु
गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका