काठमाडौं,१० फाल्गुन । जिल्ला न्यायाधीशको लिखित परिक्षामा ३० जनाको माग भएकोमा १६ जना मात्र लिखित परिक्षामा उत्तिर्ण भएका छन्। समाबेशी कोटा अन्र्तगत मधेसी तथा दलित कोटामा एक जनाले पनि नाम निकाल्न नसकेकको न्याय सेवा आयोगले जनाएको छ।
आयोगले ३० जना जिल्ला न्यायधीश मागेको थियो। जसको लिखित परिक्षाको नतिजा आयोगले बुधबार सार्वजनिक गरेको हो। ३० मध्ये आन्तरिक खुल्लामा १५ जनाको कोटा रहेकोमा १३ जना मात्र उत्तिर्ण भएका छन्। त्यस्तै खुलातर्फ भने ८ जना माग भएको १५ जना लिखित परिक्षामा सफल भएका छन्।
महिलाको २ जनाको कोटा रहेकोमा १ जना मात्र सफल भएका छन् भने जनजातीमा २ जनाको कोटामा रहेका २ जनाले लिखित परिक्षामा नाम निकालेका छन्। मधेसीलाई २ तथा दलितलाई एउटा समाबेशी कोटा रहेको दुवैमा कसैले पनि लिखितमा नाम निकाल्न नसकेको आयोगले जनाएको छ।
