शनिबार, बैशाख ०८, २०८१

अवको पाँच वर्षको लागि ओली नै प्रधानमन्त्री : प्रचण्ड

काठमाडौं,८ फाल्गुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नै पाँच वर्षको लागि प्रधानमन्त्री हुन सक्ने बताएका छ । गृहजिल्ला पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

मंलबार चितवनमा प्रचण्डले प्रधानमन्त्रीको विषयमा छलफल भैनसकेको प्रतिक्रिया दिएका छन् । ‘प्रधानमन्त्री आलोपालो गर्ने विषयमा निष्कर्ष भैसकेको छैन । महाधिवेशनले टुङ्गो गर्छ ।’ उनले भने, ‘अहिलेलाई कमरेड केपी ओली नै पाँचै वर्षका लागि प्रधानमन्त्री हो ।’ प्रचण्डले पार्टी एकता भएको २ वर्ष सम्म महाधिवेशन भेसक्ने बताएका छ ।

महाधिवेशन भएसम्म एकीकृत पाटीको अध्यक्ष दुवै रहने बताएका छन् । एमाले—माओवादी एकताको विषयमा हिजोनै बालुवाटारमा ७ बुँदे सहमतिमा हस्ताक्ष भैसकेका छन् । सहमतिमा पार्टीका नाम, पार्टीको निर्देशक सिद्घान्त लगायतका कुरामा हस्ताक्षर भैसकेका छन् ।