शुक्रबार, बैशाख ०७, २०८१

कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहको दावी

काठमाडौं,७ फाल्गुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले औपचारिक रुपमा संसदीय दलको नेतामा आफ्नो दावी सार्वजनिक गरेका छन् ।

यसअघि कांग्रेसका अन्य नेताहरुले सर्वसम्मत हुने भए महामन्त्री शशांक कोइरालालाई र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई संसदीय दलको उम्मेदवार बनाउने बताएका थिए ।

तर, सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले संसदीय दलको नेतामा आफ्नो दावी रहेको बताएका हुन् । प्राविधिक विद्यार्थी परिषद केन्द्रीय समितिले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले देउवालाई सर्बसम्मत संसदीय दलको नेता बनाउन नसकिने बताए ।

कांग्रेस संसदीय दलको पूर्वउपनेता रहेका नेता सिंहले भने, ‘शेरबहादुर देउवाजीलाई सर्वसम्मत छाड्नु हुादैन भन्ने बिचार बोकेको व्यक्ति हुँ म । त्यसबारे पार्टीमा पनि छलफल चलिरहेको छ । त्यसक्रममा म अगाडि बढिरहेको छु ।

उनले कांग्रेसलाई संस्थापक नेताहरुको बेलामा जस्तै लोकप्रिय बनाउनका लागि हालको नेतृत्व परिवर्तन हुनुपर्ने धारणा पनि राखे । ‘नेतृत्व परिवर्तनको आवश्यकता छ भनेर म अगाडि बढिरहेको छु,’ उनले भने, ‘पार्टीलाई अब जोगाउनुपर्यो ।

हालको नेतृत्वले पार्टीलाई विधि, विधानअनुसार चलाउन नसक्दा कमजोर हुँदै गएको नेता सिंहको भनाइ छ ।