काठमाडौं,२ फाल्गुण । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा क्यानडाविरुद्धको निर्णायक खेलमा १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै झड्का लागेको छ ।
नेपालले कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् । ओपनिङमा आएका ज्ञानेन्द्र मल्ल ९ रन बनाएर आउट भएका हुन् भने कप्तान खड्का पहिलो बलमै आउट भएका हुन् ।
पारस र ज्ञानेन्द्र दुबै छैठौं ओभरमा आउट भएका हुन् ।
अहिले दीलिप नाथ र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हालेका छन् ।
