काठमाडौं,२९ माघ । प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । गुरुङ आइतबार मात्र एमाले संसदीय दलको नेता चुनिएका थिए ।
दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले आफुलाई पार्टीले सर्वसम्मत रुपमा समर्थन गरेकाले संविधानअनुसार नियुक्तिका लागि प्रदेश प्रमुखलाई पत्र पठाएका थिए । प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ ।
