आइतबार, बैशाख २०, २०८३

प्रदेश ४ को एमाले संसदीय दलको नेतामा गुरुङ चयन,मुख्यमन्त्री बन्ने पक्का

काठमाडौं,२८ माघ ।  नेकपा एमालेले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङलाई बनाउने भएको छ।

यो सँगै गुरूङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएका हुन् । मुख्यमन्त्रीमा एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङले  दाबी गर्दै आएका थिए।

चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा आएका थिए,प्रतिनिधिसभा सांसद खगराज अधिकारी, रवीन्द्र अधिकारी लगायत पार्टीका ।  उपस्थितिमा भएको छलफलमा पृथ्वीसुब्बालाई संसदीय दलको नेता बनाउने सहमति भएको हो ।

पृथ्वीसुब्बा र किरणले पनि वान टु वान छलफल गरेका थिए । निर्वाचनमै जाने र मुख्यमन्त्रीबाट फिर्ता नहुने बताउँदै आएका किरणलाई पार्टीका शीर्ष नेताले समेत सहमतिमा पृथ्वीसुब्बा सहमति गर्न आग्रह गरेका थिए ।