Nepali date


शनिबार, भदौ ७, २०७६

प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई विजयी

काठमाडौं,२६ माघ ।  एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन्।

यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। संसदीय दलको नेतामा राईसँग भीम आचार्य भिडेका थिए।

राईले २६ मत ल्याएका छन् । उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याएका छन् । एक मत भने बदर भएको छ।

जीवन घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि दुई जनाबीच प्रतिस्पर्धा भएको हो।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया