चितवन,२६ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माआवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।
उनले पार्टी एकता बारेमा कुन नेताले के भन्छ भन्ने तर्फ नलाग्न आग्रह गरेका छन् ।
शुक्रबार गृहजिल्ला चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकता मोडालिटीबारे छलफल भइरहेको बताए ।
केपी ओली र प्रचण्डको पद बाँडफाँट नटुंगिएका कारण पार्टी एकता ढिलाई भएको हो भन्ने प्रश्नमा प्रचण्डले भने ‘केपी जीले पनि सवै पद पाउनुभएको छ मैले पनि सवै पद पाएको छु । पदको समस्या छैन ।’
अघि भने, ‘वार्ता छलफल नकारात्मक छैन । म वडो प्रस्टतासँग दोहोर्याएर भन्न चाहान्छु, पद नमिलेको कारण पार्टी एकतामा ढिलाई भएको छैन ।’
एमाले नेताहरुको कार्य व्यस्तताका कारणले पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको उनले बताए । आफू चितवनबाट फर्किए लगतै संयोजन समितिको बैठक बसेर एकता प्रकृया अघि बढाउने उनले बताए ।
