काठमाडौं,२५ माघ । राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन ।
मंगलबार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परीणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४ सदस्य भने निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचित र निर्विरोध गरी ५३ सिटको परीणम आउँदा वाम गठबन्धनले ३६ सिट जितेको छ । जसमा एमालेको २५ सिट छ भने माओवादीले ११ सिट जितेको छ । कांग्रेसले १३ सिट जित्दा राजपा र संघीय समाजवादी फोरमले २-२ सिट जितेका छन् ।
