आइतबार, बैशाख २०, २०८३

प्रदेश नं २ को काँग्रेस संसदीय दलका नेतामा यादव चयन

काठमाडौं,२३ माघ । नेपाली काँग्रेस प्रदेश नं २ को संसदीय दलका नेतामा रामसरोज यादवलाई चयन गरिएको छ । काँग्रेसबाट प्रदेश नं २ मा प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसदको सोमबार बसेको बैठकले उहाँलाई सर्वसम्मतिबाट संसदीय दलका नेतामा चयन गरेको हो ।

धनुषा निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट निर्वाचित यादव काँग्रेसको धनुषा जिल्ला सभापतिसमेत हुनुहन्छ ।

त्यस्तै सङ्घीय समाजवादी फोरमले प्रदेश नं २ को संसदीय दलका नेतामा लालबाबु राउत गद्दीलाई सर्वसम्मतिबाट चयन गरिसकेको छ भने राष्ट्रिय जनता पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गर्न सकेका छैन् ।