बिहिबार, चैत १५, २०८०

स्वराजको भ्रमण उपयुक्त समयमा नभएको डा.भट्टराई टिप्पणी

काठमाडौं,२१ माघ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण उपयुक्त समयमा नभएको टिप्पणी गर्नुभएको छ ।

गोरखा उद्योग वाणिज्य संघको १५ औं अधिवेशनको उद्घाटन गर्न आउनुभका उहाँले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सो कुरा बताउनुभएको हो ।

डा. भट्टराईले पुरानो सरकार बिदा भएर नयाँ सरकार बनाउने बेला छिमेकी मुलुकको विदेशमन्त्रीले भ्रमण गर्दा अनावश्यक राजनीतिक अर्थ लागेको तर्क गर्दै स्वराजको भ्रणमले झन् अविश्वास बढाएको बताएको बताउनुभयो ।

डा. भट्टराईले भन्नुभयो बेमौसमको भ्रमणले झन् अविश्वासको वातावरण बढाउने र चलखेलको अर्थ लगाउँछ । त्यसैले छिमेकीहरुलाई सन्तुलनमा राखेर नयाँ सरकार गठन गर्न ढिलाई गर्न हुँदैन ।

सो क्रममा उहाँले देशलाई समृद्धिको बाटोमा अघि बढाउनु पर्नेमा जोड दिंदैगोरखाको विकास निर्माणको नेतृत्व आफूले गर्ने भन्दै छुट्टाछुट्टै विचार र पार्टीहरु भए पनि तर विकास निर्माणमा एक भएर अघि बढ्न सबैलाई आव्हान समेत गर्नुभयो ।