आइतबार, बैशाख २०, २०८३

किन बिदेशिनु गाउँमै मासिक एक लाखसम्म कमाइ

काठमाडौं,२० माघ ।  भूकम्पपछि पुनर्निमाण तीव्रता पाएसँगै धेरैले गाउँमै रोजगारी पाएका छन् । अहिले स्थानीयलाई घर निर्माण गर्न भ्याई नभ्याई छ। भूकम्पले भत्काएका संरचना पाँच वर्षभित्रमा पुनर्निर्माण गरिसक्ने सरकारको घोषणासँगै गाउँमा घर निर्माण हुने क्रम बढेको छ ।

निर्माणको क्रम बढेपछि पनि जनशक्ति अभाव पनि चुलिँदो छ। त्यसैले यहाँ रहने जनशक्तिलाई पुननिर्माणमा भ्याइनभ्याइ भएको हो । दक्ष कामदारले दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय रुपैयाँ र अदक्ष कामदारले पाँच सयदेखि आठ सय रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । अहिले गाउँमा घर बनाउनेले मासिक ३० हजारदेखि एक लाखसम्म कमाइ गरिरहेका छन्। घर बनाउनेको संख्यामा कमी आएपछि कामदारले आफ्नो पारिश्रमिक पनि बढाएका छन्। मासिक ३० हजार रुपैयाँभन्दा बढी कमाउने गरेको तामाकोशी गाउँपालिका–२ झुलेका कुमार घिसिङले बताए। भूकम्पअघि दैनिक पाँच सयदेखि आठ सय रुपैयाँसम्म लिने गरे पनि सबैतिर माग बढेपछि ज्यालादर पनि बढाएको उनले जानकारी दिए। अहिले कामले भ्याइनभ्याइ रहेको रहेको उनले बताए ।

पालोपालो गरी घर बनाइरहेको र एक घर काम गर्न १५ दिनपछि पालो आउने उनको भनाइ छ । खानासँगै घरको डीपीसीको बेला अनिवार्य मासु र रक्सी खुवाउनुपर्ने घरधनी जित कार्कीको भनाइ छ ।