आइतबार, बैशाख २०, २०८३

भारतीय विदेशमन्त्री सुष्मा स्वराज राजनीतिक भेटवार्तामै ब्यस्त

काठमाडौं,१९ माघ । दुईदिने नेपालको भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता दिँदैछिन् ।

बिहीबार काठमाडौं उत्रिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी स्वराजले आज राष्ट्रपति, प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्षलगायतसँग भेट गर्न लागेकी हुन् ।

आज स्वराजले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट गर्ने कार्यक्रम रहेको छ । सोल्टी होटलमा तय गरिएको भेटमा पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितकाबारेमा छलफल हुने बताइएको छ ।

स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछिन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न उनी आफू बस्दै आएको होटल सोल्टीबाट शितल निवास प्रस्थान गर्नेछिन् । शितल निवासबाट साढे १२ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जानेछिन् । स्रोतका अनुसार, मधेस केन्द्रित दलका नेताहरुसँग पनि स्वराजले भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

सुष्मा स्वराज ३ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।