प्रधानन्यायाधीशवाट न्यायाधीश माथि ज्यान मार्ने धम्की

काठमाडौं,१८ माघ ।  प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षा माग गरेका छन् ।

डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका भण्डारीले शान्ति सुरक्षा पाउँ भन्दै बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन समेत दिएका छन् । भण्डारीसँगै डा. केसी, अधिवक्ता ओमप्रकाश अर्याल पनि जिप्रका पुगेका थिए ।

प्रधानन्यायाधीश पराजुलीले २६ पुस अन्दाजी ५.३० बजे तथा बिहीबार बिहान अन्दाजी ९.३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको भण्डारीको निवेदनमा उल्लेख छ ।

माघ १६ गते २ बजेतिर केही मानिस आफ्नो घरमा आएर पुनः धम्की दिएको भन्दै भण्डारीले प्रधानन्यायाधीशबाटै आफ्नो ज्यानमा खतरा भएको बताएका छन् ।

वरिष्ठ अधिवक्ता भण्डारीले भनेका छन्, ‘मेरो ज्यानमा प्र.न्या.बाट खतरा भएको हुनाले मेरो ज्यूज्यानको सुरक्षा गरी पाउँ र मेरो ज्यू ज्यानमा तलमाथि भएमा निज प्र.न्या. गोपाल पराजुलीमाथि कानुनी कारबाही गरिपाऊँ सुरक्षा माग गरेका छन् ।

डा.केसीले भने पराजुली माफिया डन हुन्   

gobinda-kcत्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली अपराधी र ‘हत्यारा’ भएको टिप्पणी गरेका छन् ।

सत्याग्रही डा. केसीले पछिल्लो समय प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै आएका छन् । उनीविरुद्ध परेको मानहानीको मुद्दा सर्वोच्चमा विचाराधीन छ । त्यही मुद्दामा आफ्नो पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै डा. केसीले प्रधानन्यायाधीश पराजुली हत्यारा भएको आरोप लगाएका हुन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्राङ्गणबाट डा. केसीले भने- ‘विद्वान अधिवक्ता सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको छ । कसले ? त्यो अपराधी, भ्रष्ट, माफिया, डनको नाइके गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको छ । त्यस्तो मान्छे प्रधानन्यायाधीश हुनसक्छ ? के गरी बस्छ त्यो कुर्सीमा ?’

डा. केसीले अगाडि भने, ‘मर्डरर हो यो । प्रधानन्यायाधीश हत्यारा हो हत्यारा … ।’

पराजुलीविरुद्ध चर्को आक्रोश पोखेका डा. केसीले अदालतको भने सम्मान गर्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: