जापान,१८ माघ,बिश्वबन्धु भण्डारी । आगामी अप्रिल २९ तारिख नेपाल जापान बिद्यार्थी समाज जापानले दोस्रो बार्षिक उत्सव बिबिध कार्यक्रम गरि मनाउने भएको छ , जापानको टोकियोमा बसेको समाजको केन्द्रीय कार्यसमितीको बैठकले यस्तो निर्णय गर्दै मुल आयोजक समितीपनि गठन गरेको छ , समाजका अध्यक्ष चेतन पौडेलको संयोजकत्वमा गठित मूल आयोजक समिती सहित उपसमितीहरुपनि गठन गरिएको छ , बार्षिक उत्सव कार्यक्रममा साकुवुन लेखन प्रतियोगिता,बिध्यार्थी डायरी भाग २ बिमोचन र सांस्कृतिक कार्यक्रम सहित सम्मान कार्यक्रम पनि गरिने समाजका अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ , मनोचिकित्सक डा बिजयी ज्ञवालीको संयोजकत्वमा साकुवुन लेखन प्रतियोगिता,पत्रकार बिश्वबन्धु भण्डारीको संयोजकत्वमा प्रचार प्रचार समिती, संस्थापक अध्यक्ष सन्तोष चोखालको संयोजकत्वमा बिध्यार्थी डायरी भाग २ प्रकाशन समिती,, र सुर्य थापाको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम समिती गठन गरिएको छ ,
त्यसैगरि साकुवुन(निबन्ध लेखन प्रतियोगिता प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीलाई मेडल र प्रमाणपत्र सहित क्रमश ३ मान,२मान र १ मान को धनराशि सहित पुरस्कृत गरिने भएको छ प्रतियोगितावाट छनोट भएका उत्कृष्ट ५ निवन्धहरुलाई बिद्यार्थी डायरीमा प्रकाशन गरिने भएको छ, जापानवासी नेपालीहरुलाई आफ्ना लेख रचनाहरु तल उल्लेखित ईमेल मा पठाउनकालागी सबैमा अनुरोध गरिएको छ
रचना पठाउने ईमेल :
Email – nepaljss1@gmail.com
नोट : ( रचनाहरु छनोट गरेर प्रकाशन गरिन्छ )
