शनिबार, बैशाख ०८, २०८१

फास्ट ट्रयाकसँगै पाइपलाइन काठमाडौं ल्याउन निगमको प्रस्ताव

काठमाडौँ, १३ माघ । नेपाल आयल निगमले काठमाडौं-निजगढ फास्ट ट्रयाक (एक्सप्रेस-वे) सँगै पेट्रोलियम पाइपलाइन पनि काठमाडौंसम्म ल्याउन प्रस्ताव गरेको छ । निगमले त्यसका लागि आफैंले वित्तीय स्रोत जुटाउने भन्दै सघाउन नेपाली प्रस्ताव गरेको हो ।

निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले नेपाली सेनासँग यसबारे औपचारिक रुपमा पनि छलफल भएको जानकारी दिए ।

अहिले नेपाली सेनाले द्रुतमार्ग निर्माणको काम गरिरहेको छ । निर्माणको काम लाई अघि बढाउँदै लागि सेनाले विस्तृत द्रुतमार्गको परियोजना प्रतिवेदन -डीपीआर) तयार गर्न लागेको छ ।

भारतीय कम्पनीले तयार गरेको डीपीआरमा पेट्रोलियम पाइपलाइन पनि ल्याउन सक्ने गरी द्रुतमार्ग निर्माण गर्ने उल्लेख थियो । एडीबीले गरेको अध्ययनमा यो सम्भव देखिएको थियो ।

सरकारले अहिले पनि द्रुतमार्ग निर्माण गर्दा त्यो सँगै ग्याससहित पेट्रोलियम पाइपलाइन ल्याउन सक्ने संरचना तयार गर्न सेनालाई भनेको छ । सँगै खानेपानी, अप्टिकल फाइबर, ग्यास, विद्युत प्रसारणलाइन भूमिगत रुपमा ल्याउन सक्ने संरचना तयार गर्न सेनालाई भनिएको छ ।