बिहिबार, चैत १५, २०८०

प्रदेश नम्बर तीनको मुख्यमन्त्रीमा रामेछापका सांसद् ढुंगेलको दावि

काठमाडौँ, १३ माघ । प्रदेशसभा सरकार गठनसँगै प्रदेशको मुख्यमन्त्री र मन्त्री बन्नको लागि दौडधुप सुरु भएको छ । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कैलाश ढुंगेलले पनि तीन नम्बर प्रदेशको मुख्यमन्त्री बन्न दौडधुप बढाएका छन् । तीन नम्बर प्रदेशबाट मुख्यमन्त्री हुँदा तीनलालको जिल्ला रामेछापको सम्मान हुने दावी सहित सांसद ढुंगेलले मुख्यमन्त्रीको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
ढुंगेलले आफ्नो फेसबुक पेजमा लेखेका छन–पुष्पलाल,गंगालाल र कृष्णलाल प्रतिको सम्मान गर्नको लागि पनि रामेछापले मुख्यमन्त्री पाउनु पर्छ । प्रतिनिधि सभा, प्रदेशसभा दुबैमा समानुपातिक कोटा र राष्ट्रिय सभामा समेत रामेछाप बञ्चित भएकोले पीडालाइ आफ्नो उम्मेद्बारीले थोरै भए पनि मलहम लगाएको महसुस रामेछापेलीले गर्ने छन् ।
धेरै पटक कम्युनिष्ट सरकारको सरकार बनेपनि सत्तामा कम्युनिष्ट पार्टीका संस्थापक नेता जन्मिएको जिल्लामा राज्यको नजर नपरेकाले पनि यस पटक मुख्यमन्त्री पाउनु पर्ने दावी ढुंगेलले गरेका छन् ।

एमाले अध्यक्ष केपि ओली निकटका रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कैलाश ढुंगेल तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा दावि गरेका हुन ।