काठमाडौं,८ माघ । रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भाटखोलामा खसेको छ ।
ना५ख ५३१ नम्बरको बस खोलामा खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका डीएसपी भरतबहादुर विकले जानकारी दिएका छन् । दुर्घटनामा २१ जना घाइते भएका छन् ।
बस सडकबाट डेढ सय मिटर तल बस खसेको प्रहरीले जनाएको छ ।
यात्रुहरूको संख्या भने अहिलेसम्म यकिन भइनसकेको प्रहरीले जनाएको छ । उद्भार गरिएकाहरूकाे माेडल अस्पताल र कान्तिपुर मेडिकल, श्रीनगरसहित जिल्ला अस्पताल खलंगामा उपचार भइरहेकाे छ ।
