काठमाडौं,८ माघ । जापानमा कर्मथलो बनाउदै आएका तेक्वाण्डो प्रतियोगितामा अरूण अधिकारीले काश्य पदक प्राप्त गरेका छन ।
जापानको चिवा केनमा आइतवार सम्पन्न भएको २१ औ राष्ट्रीय तेक्वाण्डो प्रतियोगितामा अधिकारीले काश्य पदक प्राप्त गरेका हुन ।
अधिकारीले फुकोओका, क्युसु ,निसी निहोन गेम जित्दै राष्ट्रीय गेममा पर्न सफल भएका थिए । अधिकारी नेपालमा रहदा पनि त्रिभुवन आर्मी क्लवबाट गेम खेल्दै राष्ट्रीय गेममा दर्जनौ गोल्ड मेडल जिती सकेका छन भने एसिएन,अन्तराष्ट्रीय वल्ड च्यामपिएनसिप गेममा समेत भाग लिई सकेछन । जापानमा १९-२० औ र २१ औ गरि तिन पटक राष्ट्रीय गेममा सहभागी जनाई सकेको युनिभर्सल युनाईटेड नेप्लिज तेक्वान्डो एसोसियसन जापानका अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनु भयो ।
