आइतबार, बैशाख २०, २०८३

दाङवासी प्रदेश राजधानी माग्न अदालत जाने,आमहड्ताल स्थगित

दाङ,७ माघ । दाङवासीले प्रदेश राजधानीको माग गर्दै दाङमा पाँच दिनदेखि जारी आमहड्ताल स्थगित भएको छ । संयुक्त संघर्ष समितिले शनिबार साँझ आम हड्ताल स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई तोकेपछि दाङ आन्दोलित भएको थियो । आसन्न राष्ट्रियसभा निर्वाचनलाई समेत ध्यानमा राख्दै केही समयका लागि आम हड्ताल स्थगित गरिएको समितिले बताएको छ ।

बैठकले आन्दोलनको स्वरुप परिर्वतन गर्दै कालो झण्डा प्रदर्शन, डेलिगेशन, रिले अनसन बस्ने तथा कानुनी उपचार खोज्ने निर्णय गरेको छ । साथै पर्याप्त आधार हुँदै हुँदै राजधानी नतोकेको भन्दै अदालत जाने निर्णय पनि भएको छ । सरकारी अध्ययन टोलीको सिफारिस बेगर अस्थायी मुकाम तोकेकाले कानुनी उपचार खोज्ने संघर्ष समितिले बताएको छ ।