काठमाडौं,४ माघ । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले विना भ्रष्टचरा नतिजामुखी रोजगारीहरु युवा परिषदले शुरु गरेको बताएका छन ।
युथ एड्भोकेसी नेपालको चौथो साधारण सभामा बोल्दै उपाध्यक्ष ढुंगेलले भ्रष्ट मानसिकता देश विकासको बाधक भएको बताउँदै त्यसविरुद्ध युवाहरु लाग्नु पर्ने जोड़ दिदै तालिमबाट सिकेको सीप प्रयोगमा नल्याउने प्रवृति बढेको भन्दै उद्यमशिलतामा लाग्नुपर्ने बताएका हुन । उनले प्रशासनिक घटाउनु पर्नेमा आफु तथा परिषदको जोडदार माग रहेको समेत बताएका छन् । योग्य तथा दक्ष युवाहरु विदेश पलायन हुनु नै नेपाल विकसित नहुनु भएको बताउँदै उनले भने आगामि दिनमा युवाहरुलाई आफ्नो योग्यता र क्षमताको आधारमा उचित रोजगारीको ग्यारेन्टी गरिने समेत दावि गरेका छन् ।
परिषदले युवाहरुमा आफ्नो देश आफै बनाउँ भन्ने अपनत्व बोध होस् भन्ने उद्देश्यकले शैक्षिक प्रमाणपत्रको आधारमा बैंकबाट ऋण उपलब्ध गराउने समेत गृहकार्य भईरहेको र त्यसले चाडै नै कार्यान्वयन हुने बताएका छन् । उनले परिषद्ले रोजगारमूलक संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा राखे । उपाध्यक्ष ढुंगेलले परिषद्मा कुनै पनि राजनीतिक विवाद नभएको बताउँदै नतिजा आउने गरी कार्यक्रम अगाडि बढाएको बताए । परिषद्ले २ सय ३३ वटा रोजगारमूलक कार्यक्रम सुरु गरेको ढुंगेलले जानकारी दिए ।
