शुक्रबार, बैशाख ०७, २०८१

सरकारले तोक्यो सात प्रदेश प्रमुख र अस्थायी मुकाम

काठमाडौं,३ माघ ।  मन्त्रिपरिषद बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ । कानूनमन्त्री यज्ञबहादुर थापाले नागरिक न्यूजलाई जानकारी दिए अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ।

प्रदेश प्रमुख

  • १ मा गोविन्द सुब्बा
  • २ मा रत्नेश्वरलाल कायस्थ
  • ३ मा अनुराधा कोइराला
  • ४ मा बाबुराम कुँवर
  • ५ मा उमाकान्त झा
  • ६ मा दुर्गा खनाल
  • ७ मा मोहनराज मल्ल

प्रदेश प्रमुखहरु पनि तोकिएका छन् ।

प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल  प्रदेश प्रमुख तोकिएका छन् ।

प्रदेश अस्थायी मुकाम

  • १ को केन्द्र विराटनगर
  • २ को जनकपुर
  • ३ को हेटौंडा
  • ४ को पोखरा
  • ५ को रुपन्देही
  • ६ को सुर्खेत र
  • ७ को धनगढी