बिहिबार, बैशाख १३, २०८१

वाम गठबन्धनमा सरकार बर्खास्त गर्ने क्षमता छ : वामदेव गौतम

काठमाडौं,३ माघ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कसैको बहुमत आएको छैन,सत्ता छाड भन्न लाज लाग्दैन भनेपछि एमाले कार्यबाहक अध्यक्ष वामदेव गौतमले त्यही शैलीमा जवाफ दिएका छन् ।

गौतमले भनेका छन्, ‘नकचरो भएपछि जे पनि भन्दा रहेछन् । राजधानीमा आयोजित कार्यक्रममा एमाले नेता गौतमले कांग्रेसका लागि लोकतन्त्र षड्यन्त्र मात्र भएको बताए । जनादेश ‘कांग्रेस प्रतिपक्षमा बस, एमाले र माओवादी मिलेर सरकार चलाउ’ भन्ने भए पनि कांग्रेस सत्ता लम्ब्याउने र एमाले र माओवादी गठबन्धन भत्काएर आफ्नो समर्थनमा सरकार बनाउने खेलमा लागेको उनले बनाए ।

‘डुबिरहेको मानिसले बचिन्छ कि भनेर बग्दै आएको खरको त्यान्द्रो पनि समात्छ’ भने जस्तै कांग्रेस वाम गठबन्धन फुटाउन सकिन्छ कि भनेर लागेको उनले बताए ।
उनले अगाडि थपे, ‘आयु पुगेको प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो -कसले ल्याएको छ बहुमत ? बहुमत लिएर आउनुस् । बहुमत त आइसक्यो दुई पार्टीको ।’

जति लम्ब्याउनुहुन्छ, उहाँको शरीरको कपडा त्यति बाहिर जाँदैछ । अन्तिममा कांग्रेसले एउटा पनि कपडा नभएको नाङ्गै बनाउनेछ, निर्वस्त्र शेरबहादुर देउवा !

कांग्रेस नेताहरुले सराप दिएको गठबन्धनलाई नै जनताले बरदान दिएर बहुमतमा आएको भन्दै एमाले कार्यबाहक अध्यक्ष गौतमले भने, ‘यो प्रधानमन्त्रीलाई थाहा छैन र ! तर, नकचरो भएपछि, लाज समाप्त भएपछि जे पनि भन्दा रहेछन् ।

०६४ को चुनावपछि पनि कांग्रेसले चार महिनासम्म सरकार नछाडेको भन्दै उनले अब जति सत्ता लम्ब्याउँछ, त्यति नै देउवा नांगिने बताए । ‘जति लम्ब्याउनुहुन्छ, उहाँको शरीरको कपडा त्यति बाहिर जाँदैछ’ उनले भने, ‘अन्तिममा कांग्रेसले सभापति शेरबहादुर देउवालाई एउटा पनि कपडा नभएको नाङ्गै बनाउनेछ । निर्वस्त्र शेरबहादुर देउवा ! अरु केही परिणाम आउने छैन ।

उनले वाम गठबन्धनलाई सरकार बन्न नदिए आफैं प्रतिनिधिसभा बैठक बोलाउने चेतावनी दिए । ‘सरकार बर्खास्त गर्छौ र जनताका प्रधानमन्त्रीलाई सिंहदरबारमा राख्छौं’ एमाले कार्यबाहक अध्यक्ष गौतमले भनेका छन् ।