आइतबार, बैशाख २०, २०८३

नेवा: अन्तर्राष्ट्रिय फोरम जापानको आठौं अधिवेशन सम्पन्न

टोकियो,१ माघ । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानको आठौं अधिवेशन भव्यताका साथ सम्पन्न भयो । गंगा डंगोल अध्यक्षतामा गठित कार्यसमिति २०१६/१७ को कार्य तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरी कार्यकाल समापनको घोषण गरिएको थियो ।

आइतवार टोकियो सम्पन्न अधिवेशनबाट कार्यसम्पादन तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरी कार्यकाल समापनको घोषणा गरिएको थियो ।
साथै नयाँ कार्यसमिति गठन गरिएको छ ।
सोहि अधिवेशन हलबाट दुई वर्ष कार्यकालको लागी नव कार्यसमितिको सर्व सहमत गठन गरेको छ । नव पदधिकारीहरू निम्न अनुसार रहेको छन अध्यक्ष दीप रत्न शाक्य ,उपाध्यक्ष बाल डंगोल,महासचिव शिव तण्डुकार,सचिव जिवन शाक्य ,कोषाध्यक्ष रवि श्रेष्ठ ,कार्यकारी सदस्यहरू रमेश महर्जन ,रोशना श्रेष्ठ,निर्मल मानन्धर ,उत्तम प्रधान,निकेश श्रेष्ठ,निरञ्जन श्रेष्ठ,भुदेव श्रेष्ठ,बिशाल श्रेष्ठ,प्रकाश लाल श्रेष्ठ,कविर ताम्राकार,रेणुका शाक्य र दिपेन महर्जन चयन गरिएको छ ।

सल्लाहकार काटो ज्ञानु मानन्धर,दिनेश स्थापित,रूपेश डंगोल,डा.राम ध्वज श्रेष्ठ,लेखा परिक्षक रविन शाक्य,विगेन्द्रमान सिंह प्रधान ,गंगा डंगोल,संस्थापक संरक्षक माधव नारायण मानन्धर रहेका छन ।