मङ्गलबार, बैशाख ११, २०८१

नेपाल राष्ट्र बैंकले अबदेखि शनिबार पनि सेवा दिने

काठमाडौं,२९ पुस । नेपाल राष्ट्र बैंकका देशभरका शाखाहरु अबदेखि शनिबार र महिनाको अन्तिम दिन पनि खुला रहने भएका छन् । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् ।

अर्थ मन्त्रालयले गत असोज १ गते शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्न गरेको निर्णय कार्यान्वयन गर्दै राष्ट्र बैंकले देशभरका कार्यालयलाई सर्कुलर गरेको हो । राष्ट्र बैंकका अनुसार, आजैबाट यो निर्णय कार्यान्वयन हुँदैछ ।
नेपाल बैंक लिमिटेड, ताप्लेजुङले केन्द्रीय कार्यालयले शनिबार र महिनाको अन्तिम दिन सेवा प्रवाह गर्न सर्कुलर गरेकाले आजैबाट कार्यान्वयन हुन लागेको जानकारी दिएको छ ।