काठमाडौं,२६ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्ड जाने भएका छन् ।
बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट ओली बैंकक जान लागेको जानकारी उनको सचिवालयले दिएको छ ।
मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने गरेका छन् ।
एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार, ओली स्वास्थ्य परीक्षण सकाएर माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।
