सोमबार, बैशाख २१, २०८३

वाम एकता जापानले भन्यो दुई पार्टीबिचको एकता अनुमोदित

टोकियो,२५ पुस । नेकपा(एमाले) र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको पूर्वसंध्यामा जापानमा वामपन्थीहरूले अंग्रेज़ी नव वर्षको शुभकामना तथा चियापन कार्यक्रम सम्पन्न गरेका छन ।
जनवरी ८ तारीख़ सोमवार टोकियोको रोधी क्लबमा प्रवासी नेपाली मञ्च जापान र जनप्रगतीशिल मञ्च जापानको संयूक्त आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भएको हो ।
नेपालमा वामपन्थी पार्टीहरूबीचको एकता निष्कर्षमा पुगिरहेको बेला जापानमा सक्रिय रहेको दुई पार्टी एमाले र माओवादी केन्द्र समर्थित प्रवासीहरू बीच शुभकामना कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरूले दुई पार्टी एकता जनताले अनुमोदित गरिसकेकोले पार्टी एकता विरुद्ध धावा बोल्नेहरू बिकास र समृद्ध विरोधी भएकोले जनघातीको संज्ञा दिएका थिए । उक्त कार्यक्रम जनप्रगतीशिल मञ्च जापानका अध्यक्ष हवलचन्द्र लामाको सभापतित्वमा,नेपाली दूतावास उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालको
प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रूपमा प्रवासी नेपाली मंच जापान अध्यक्ष तथा जननिर्वाचित वडा अध्यक्ष महेन्द्र श्रेष्ठ , एनआरएनए जापान कार्यबहाक अध्यक्ष देबिलाल भण्डारी, अतिथि नेपाली जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, नेपाल पत्रकार महासंघ जापान अध्यक्ष मोहन घले लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा प्रवासी नेपाली मंच र जनप्रगतिशील मंच समर्थित वामपन्थी लगाएत प्रवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
bam2