सोमबार, बैशाख २१, २०८३

रुपन्देहीमा अज्ञात समूहद्धारा एकको गोली हानी हत्या

बुटवल,२१ पुस । । रुपन्देहीको देबदहमा एक जनाको गोली हानी हत्या भएको छ ।

अज्ञात समूहले स्थानीय बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको थियो । पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।  मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ ।

घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् । दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त पुन फरार छन् । मृतक बलु भनिने बसन्त पौडेल फर्निचर व्यवसायी हुन् ।