शुक्रबार, बैशाख ०७, २०८१

लामाको नेतृत्वमा जापानका एक दर्जन ब्यवसायी संघीय समाजबादी फोरम प्रबेश

जापान,२० पुस । नेपालबाट जापानमा आएर लामो समयदेखी ब्यापार ब्यबसाय गरेर बस्नुभएका प्रतीष्ठीत ब्यबसायी हरी चन्द्र लामा ,रामु अधिकारी र हरी थापा सहित दर्जन ब्यबसायीहरु नेपाली संघीय समाज जापानमा प्रबेश गरेका छन ।
गत सोमवार समाजबादी फोरमका अध्यक्ष पेम्बा शेर्पा ,महासचीब सन्जीब राई र कान्तो क्षेत्रीय अध्यक्ष जलन राईको उपस्थितिमा टोकीयोको एक होटलमा चियापान तथा नयाबर्षको शुभकामना आदनप्रदान कार्यक्रममा संघीय समाजबादी फोरममा प्रबेश गरेका कुन ।
ब्याबसायी लामा लामो समयदेखी एनआएनए जापानको केन्द्रीय कार्यसमिति लगायत दर्जनौ संघ संस्थामा नेतृत्वाकारी भुमीका खेल्दै आएका जापानबासी नेपाली समुदायहरु बिच एक चिपरिचित ब्यक्त्ती हुन भने अधिकारी र थापा नेपालमा लामो समय माओबादी आन्दोलनका होमीएका योध्दहरु हुन ।
चियापान भेटघाट क्रममा हरिचन्द्र लामाले आफ्नो संक्षीप्त भनाई राख्दै अब मुलुकका पिछाडा बर्गहरुको मुक्त्तीको आन्दोलन संघीय समाजबादी फोरम नेपालको नेतृत्वामा मात्रा सम्भब रहेकाले आफुहरु संघीय समाजबादी फोरम प्रबेश गरेको र जीबनको अन्तीम घडीसम्मा यही पार्टीमा रही उत्पिडीत जनताको पक्षमा लागिरहने प्रतीबध्दता जाहेर गर्नु भएको थियो भने अर्का ब्याबसायी रामु अधिकारीले आफुहरु संघिय समाजबादी फोरमको राजनैतीक दर्सन र नेताहरु अशोक राई र उपेन्द्र यादबको राजनैतीक कार्यशैलीहरुबाट प्रबाभित भई संघीय समाजबादी फोरम प्रबेश गरेको जानकारी गराऊदै आफुहरु कसैको उक्सावाट र बाध्यताले नभई पार्टीले अबलम्भन गरेको राजनैतिक मार्गप्रती पुर्ण रुपमा देशको सम्मृध्दी हुने आपेक्षा सहित अबको बाकी दीन समाजबादी फोरमलाई आर्थीक भौतीक लगयात सबै तवराबाट सहयोग गर्ना तयार भएको जानकारी गराऊदै आजैको मितिबाट समाजबादी फोरम प्रबेश गरेको जानकारी गराउनुभएको थियो ।
लामा काभ्रे ,अधिकारी गुल्मी र थापा बाग्लुङ बासी हुन साथै उहाहरुले प्रबासमा रहेरपनि आफ्नो गृह जील्लामा भिबिन्न माध्यमबाट सहयोग गर्दै आउनुभएको छ ।