सोमबार, बैशाख २१, २०८३

पर्वत समाज जापानको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा जोशी

जापान,१९ पुस । पर्वत समाज जापानको पाँचौं अधिवेशन सम्पन्न भएको छ । सुजन जोशीको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गर्दै गत आइतवार ३१ डिसेम्बरका दिन टोकियो शिनओकुबोमा अधिवेशन सम्पन्न भएको हो ।

उक्त अधिवेशनले समाजको उपाध्यक्षमा हरि पराजुली, सुवास लामिछाने र मुक्ति रेग्मीलाई चयन गरेको छ । त्यस्तै महासचिवमा पुनस् एक पटक जनक सुबेदी र कोषाध्यक्षमा बसन्त कुमार जोशी चयन भएका छन्  ।

दुई सदस्यीय सचिवमा बिनोद न्यौपाने र अनिल पन्त चयन भएका छन भने सह कोषाध्यक्षमा श्याम कुँवर रहेका छन । कार्यसमितिको प्रवक्तामा रविन शर्मा रहेका छन् । त्यसै गरी सोही अधिवेशनले रविन शर्मा, जिवन गुरुङ, राम बास्तोला, नारायाण पौडेल, दिपक न्यौपाने, रामचन्द्र सापकोटा, कृष्ण प्रसाद भुषाल, मुक्ति प्रसाद सापकोटा, युवराज काफ्ले, भिम भट्टराई, बिबेक पाठक, दिपक गुरुङ, राजेन्द्र भुषाल, प्रेम भट्टराई, गणेश सुवेदी, रमेश जि।सी र बिमल न्यैपानेलाई सदस्यको जिम्मेवारी प्रदान गरिएको छ।

अधिवेशनमा बसन्त कुमार जोशीद्वारा प्रस्तुत आर्थिक र जनक सुवेदीद्वारा प्रस्तुत संस्थागत कार्य प्रगति प्रतिवेदन पारित भएको थियो ।
एनआरएनए अभियन्ता ओम गुरुङको संयोजकत्वमा ओएनएफ अध्यक्ष महेन्द्र श्रेष्ठ र पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले सम्मिलित निर्वाचन मण्डल भएको कार्यक्रममा प्रमुख अथिति महेश कुमार श्रेष्ठ रहेका थिए ।