काठमाडौं,१८ पुस । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय समितिको बैठक बोलाएको छ । एमाले–माओवादी पार्टी एकताको विषयले दुई पार्टीभित्र बहस चर्किरहेका बेला माओवादी केन्द्रले मंगलबारका लागि बैठक डाकेको हो ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको जानकारी दिइन् ।
बैठक मंगलबार अपराह्न १ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ । पार्टी एकताको विषयमा माओवादी केन्द्रबाट ठोस निर्णय र अवधारणा निकाल्न बैठक बस्न लागेको माओवादी केन्द्रकी प्रवक्ता भुसालले जानकारी दिईन ।
