सोमबार, बैशाख २१, २०८३

विश्व रेकर्डको लागि ७५ हजारले एकैपटक बुद्धको उपदेश वाचन गर्ने

काठमाडौं,१८ पुस ।  विश्व कीर्तिमान राख्ने उद्देश्यले ७५ हजार नेपालीले एकैपटक राष्ट्रिय विभूती गौतम बुद्धको उपदेश वाचन गर्ने भएका छन् ।

आगामी माघ २७ गते टुँडीखेलमा भेला भएर बुद्धको उपदेश र धम्मपदको सामुहिक वाचन गर्ने कार्यक्रम राखिएको आयोजक विश्व कीर्तिमानी परिषद नेपाल (विकीपने)ले जनाएको छ ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले मंगलबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन पनि आयोजना गरिएको छ ।