शुक्रबार, बैशाख ०७, २०८१

निर्माणाधीन जनकपुर-जयनगर मार्गमा वर्ष दिनपछि रेल गुड्ने

काठमाडौं,१७ पुस । जनकपुर-जयनगर ब्रोडगेज रेलमार्गमा लिक बिछ्याउन शुरु गरिएको छ । भारत सरकारले विस्तार र नयाँ निर्माण गरिरहेको यो रेलमार्गमा पटरी राखेर लिक बिछ्याउन थालिएको हो ।
कुर्ता-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारोगेजलाई हटाएर ब्रोडगेज निर्माणाधीन छ । उक्त मार्गमा क्रंक्रिटको पटरी राखेर लिक बिछ्याउने काम तीव्र गतिमा रहेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले जानकारी दिए ।

उक्त रेलमार्गको निर्माण सन् २०१४ देखि शुरु भएको हो । सोही कारण जनकपुर(जयनगर रेल सेवा तीन वर्षयता बन्द छ । ब्रोडगेज विस्तारका लागि पुल र कल्भर्ट बनिसकेका छन् । स्टेसनहरुको निर्माण पनि लगभग सकिएको महानिर्देशक आचार्यले जानकारी दिए । उनका अनुसार सबै निर्माण अक्टोबर २०१८ सम्ममा सक्ने लक्ष्य छ । त्यसपछि बोगी र इन्जिन ल्याएर गुडाउन सकिनेछ ।

उक्त रेलमार्ग ३५ किलोमिटर लम्बाइको छ । भारतीय कम्पनीले कार्यालय भवन, भन्सार र कर्मचारीको आवासगृह पनि बनाइसकेको छ ।

कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेल गुडाउने विभागको योजना छ । र, त्यहाँबाट पूर्वपश्चिम राजमार्गको बर्दिवास खण्डमा जोड्ने गरी विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेको छ ।

उक्त मार्गमा रेलका इन्जिन र डिब्बा कसले, कुन प्रक्रियाबाट ल्याउने भन्ने निर्णय भएको छैन । विभागले अर्थ मन्त्रालयसँग रेल र डिब्बाका लागि तीन अर्ब रुपैयाँ लाग्ने जानकारी गराइसकेको छ ।

अर्थ मन्त्रालयले भने लिक तयार भएपछि मात्र बजेट दिन सकिने बताएको छ । यस वर्ष रेल विभागले चार अर्ब रुपैयाँ मात्र पाएको छ । पूर्व(पश्चिम रेलमार्गका लागि काम गरिरहेको विभागलाई जनकपुर(जयनगरमा रेल गुडाउन यस वर्ष बजेट दिइएको छैन ।

कुर्ता(जनकपुर(जयनगर मार्गमा रेल सञ्चालन गर्न भारत सरकारले पनि चासो देखाएको छ ।

स्वदेशमा अनुभवी जनशक्ति अभावका कारण उक्त मोडालिटीमा पनि छलफल भइरहेको विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्याय बताएका छन् ।